गल्छी–त्रिशुली–रसुवागढी सडक निर्माण गर्न दिन स्थानिय सहमत

विदुर खबर २०७६ मंसिर १३ गते २१:१७

नुवाकोट । गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्र्तगत रसुवा र नुवाकोटको सिमाना बेत्रावति पुल निर्माण भएको अवरोध हट्ने भएको छ ।

Advertisement

शुक्रबार बसेको सरोकारवाला निकायहरुको छलफलले स्थानियबासीलाई क्षतिपूर्ति दिलाउने र निर्माण कार्यलाई तिव्रता दिने ३ बुँदे निर्णय गरेको नेपाली काँग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले जानकारी दिए ।

बेत्रावतिमा बसेको सरोकारवालाहरुको बैठकलेगल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्र्तगत रसुवा र नुवाकोटको सिमानामा रहेको बेत्रावति पुल निर्माण भएको अवरोध हटाउने तथा पुल निर्माण गर्दा पानीघट्ट हटाउनुपर्ने भएकोले सो घट्टधनीलाई क्षतिपूर्ति सडक निर्माण कम्पनी कालिका÷टुन्डी र हेमडुङ एण्ड थोकरले दिने र घट्ट संचालकले तत्काल घट्ट हटाउने निर्णय भएको प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामाले बताए ।

Advertisement

त्यस्तै पुल निर्माण गर्दा हटाउनुपर्ने घरहरुको तत्काल सडक आयोजनाले मुअब्जा उपलब्ध गराउने र पुलको दायाँपट्टीको जग खन्ने क्रममा स्थानिय चिनिमाया थापाको घरमा क्षति पुगेमा उचित क्षतिपुर्ती दिने सहमती भएको छ ।
बैठकमा आयोजना प्रमुख नारायण दत्त भण्डारी,कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापा, स्थानिय जनप्रतिनिधि, स्थानियबासी र आयोजनाका इन्जिनियर तथा सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया