नुवाकोट बार एसोसिएसनको साधाराणसभा सम्पन्न

विदुर खबर २०७६ मंसिर १३ गते १९:३६

नुवाकोट । नेपाल बार एसोसियसन नुवाकोटको १३ औ साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा जिल्ला बोल्दै जिल्ला समन्वय समतिका प्रमुख सन्तमान तामाङले जनतालाई न्यायको पहुचमा पुर्याउनको लागी सबै निकायसँग समन्वय र सहकार्य हुनुपर्ने बताएका छन । तामाङले कानुनी राज्य स्थापनाको लागी पारदर्शि रुपमा कानुनको पालना गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले कानुनको पालना र न्यायमा क्षेत्रमा सहजीकरण गर्न बारले सहयोग गरेको बताए । सो कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापाले कानुन व्यवसायीहरुको प्रतिष्पर्धाले पिडितहरुले न्याय पाउन नसकेको बताइन । त्यस्तै बिदुर नगरपालिका उपप्रमुख गीता कुमारी दाहालले सबै स्थानिय तहमा न्यायिक समिति स्थापना भएकोले कानुनको बारे जानकारी दिन र लिन बार एसोसिएसनसँग सहकार्य हुनु आवश्यक रहेको उल्लेख गरिन ।

Advertisement

कार्यक्रममा नुवाकोट बार एसोसिएसनका अध्यक्ष देबराज कडेलले आफुहरुले कानुनअनुसार काम कारवाही अगाडी बढाउने भन्दै कसैले पनि कानुन वाहिरका काम गर्न नसक्ने बताए ।

प्रतिक्रिया