लिखुको चौघडामा बृहत सरसफाई कार्यक्रम शुरु

विदुर खबर २०७६ मंसिर १३ गते १८:०८

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा शुक्रबार वृहत सरसफाई कार्यक्रम शुरु भएको छ । क्लिन चौघडा, ग्रिन चौघडा, अर्गानिक चौघडा भन्ने नारा लिएर सरसफाई कार्यक्रमको शुरुवात गरिएको हो

Advertisement

वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति वडा नम्बर ४ को आयोजना तथा लिखु गाउँपालिका र युएन ह्याबिट्याटकको सहयोग तथा पुर्न जागरण समाज/ नेपाल डिकोन नेपालको सहजीकरणमा सरसफाई कार्यक्रम शुरु भएको हो । वडा नम्बर ४ चौघडालाई नमुना बस्तीको रुपमा विकास गर्न कार्यक्रम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिए । उनले वडा नम्बर ४ लाई पुर्ण सरसफाईयुत्त बनाउन विभिन्न संघसंस्थको सहकार्यमा कार्यक्रम संचालन गरेको बताए ।

त्यस्तै चौघडालाई नमुना बस्तीको रुपमा विकास गर्नको क्षेत्रपाल मावि सम्मको स्थानमा वडाको प्रत्येक घरबाट फोहोर संकलन गर्न २५ ओटा थुन्चे राखिएको लिखु गाउँपालिका वडा नम्बर ४ का समाजसेवी तथा स्रोत व्यक्ति समेत रहेका रामचन्द्र अगस्तीले बताए । थुन्चेमार्फत संकलन गरिएको फोहोरलाई प्रत्येक महिनाको अन्तिम शनिबार कुहिने र नकुहिने गरि डम्पिङ गर्ने व्यवस्था मिलाएको अगस्तीले जानकारी दिए ।

Advertisement

त्यस्तै लिखु गाउँपालिकाका स्वास्थ संयोजक भिम रोक्काले स्वास्थ्य र सरसफाई नङ र मासुजस्तै एक अर्कामा सम्बन्धित रहेकोले गाउँपालिकाको विभिन्न स्थानमा सरसफाई कार्यक्रम शुरु गरिएको जानकारी दिए । उनले गाउँपालिकाको सरसफाईको लागि विभिन्न शैक्षिक, सामाजिक संघसंस्था एकजुट भएर लाग्नुपर्ने बताए ।

सरसफाई अभियानमा कायर्उक्रममा क्षेत्रपाल मावि,महेन्दद्धय जनसेवा मावि, शान्तिकुञ्ज एकेडेमी र नवचेतना प्राविका विद्यार्थीहरुले वडालाई सरसफाई राखौ भन्ने नारासहित वडाको विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, ढिकुरे प्रहरी चौकीका प्रहरी, वडा स्वास्थ्य स्वयसेविकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया