नुवाकोट पुस्तक तथा स्टेशनरी व्यवसायीको साधारणसभा सम्पन्न

विदुर खबर २०७६ मंसिर ११ गते २१:४६

नुवाकोट । नुवाकोटका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको १६औ वार्षिक साधरणसभा बुधबार सम्पन्न भएको छ ।

Advertisement

साधारणसभालाई सम्बोधन गर्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नम्बर ३ का प्रथम उपाध्यक्ष तुलसिप्रसाद अधिकारीले शैक्षिक क्षेत्रमा भइरहेको अव्यवस्थित पाठ्यपुस्तक बिक्री प्रणालीलाई अन्त्य गर्न प्रदेश महासंघ लागी परेको बताए । उनले व्यवसायकि सफलता हात पार्न व्यवसायीहरुको एकता बिना संभव नभएको बताए ।

कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ नुवाकोटका अध्यक्ष मिनकुमार खतिवडाले पेश गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रामचन्द्र धितालले पेश गरेको आर्थिक प्रतिवेदन साधारणसभाले सर्बसम्मत रुपमा परित गरेको छ ।
संस्थागत सुधार तथा सदस्यता बृद्धि गर्ने, विद्यालयहरुमा आठ्य सामाग्री समयमा नै उपलब्ध गराउन पहल गर्ने, शैक्षिक सत्रमा विद्यालय भित्र आवश्कीय पाठ्यपुस्तकहरु सामुहिक रुपमा बिक्रि बितरणमा पहल गर्ने महासंघको अगामी योजना रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Advertisement

प्रतिक्रिया