गेर्खुको कालिका माविका विद्यार्थीलाई पोसाक वितरण

विदुर खबर २०७६ मंसिर ११ गते २१:०४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा रहेको कालिका माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामाले विद्यालय पोसाक वितरण गरेका छन ।

Advertisement

बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सांसद लामाले विद्यालयका एकसय ३६ जना विद्यार्धीहरुलाई पोसाक वितरण गरेका हुन । कार्यक्रममा बोल्दै साँसद लामाले बर्तमान सरकार र सम्वद्ध स्थानीय तहहरु बिद्यालयहरुलाई आफू अनुुकुल चलाएर कार्यकर्ता उत्पादन केन्द्र बनाउन उद्यत रहेको आरोप समेत लगाए । नेपाली काँग्रेस बिद्यालयलाई राजनीतिमुक्त बनाएर शान्ति क्षेत्रको रुपमा बिकसित गर्न क्रियाशिल रहेपनि सत्ता संचालकहरुको ध्यान कार्यकर्ता भर्ती र उत्पादनमै केन्द्रीत रहनु शैक्षिक बिकासका लागि दूर्भाग्यपूर्ण रहेको साँसद लामाले उल्लेख गरे ।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद चालिसेलाई बिद्यालयको शैक्षिक उन्नयनमा योगदान पु¥याएको भन्दै बिद्यालयको तर्फबाट दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।

Advertisement

प्रतिक्रिया