गेर्खुको कालिका माविका विद्यार्थीलाई पोसाक वितरण
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा रहेको कालिका माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामाले विद्यालय पोसाक वितरण गरेका छन ।
बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सांसद लामाले विद्यालयका एकसय ३६ जना विद्यार्धीहरुलाई पोसाक वितरण गरेका हुन । कार्यक्रममा बोल्दै साँसद लामाले बर्तमान सरकार र सम्वद्ध स्थानीय तहहरु बिद्यालयहरुलाई आफू अनुुकुल चलाएर कार्यकर्ता उत्पादन केन्द्र बनाउन उद्यत रहेको आरोप समेत लगाए । नेपाली काँग्रेस बिद्यालयलाई राजनीतिमुक्त बनाएर शान्ति क्षेत्रको रुपमा बिकसित गर्न क्रियाशिल रहेपनि सत्ता संचालकहरुको ध्यान कार्यकर्ता भर्ती र उत्पादनमै केन्द्रीत रहनु शैक्षिक बिकासका लागि दूर्भाग्यपूर्ण रहेको साँसद लामाले उल्लेख गरे ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद चालिसेलाई बिद्यालयको शैक्षिक उन्नयनमा योगदान पु¥याएको भन्दै बिद्यालयको तर्फबाट दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया