रक्सीले मातेपछि नेकपाका वडाध्यक्षले कांग्रेस कार्यकर्ता कुटे
दाङ । नेकपाका वडाध्यक्षले रक्सीले मातेर कांग्रेसका कार्यकर्ता कुटेका छन् ।
तत्कालीन एमालेबाट निर्वाचित बबई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर डाँगीले नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गणेश देवकोटा र सुरेश खड्कालाई मंगलबार बेलुकी रक्सीले मातेर कुटपिट गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपाका नेताहरुसहित इलाका प्रहरी कार्यालयका पञ्चकुलेमा दोषी अध्यक्ष डाँगीले बुधबार बिहान छलफल गरी सार्वजनिक रुपमा माफी मागेका छन् । रक्सी पिएका बेला गल्ती भएको भन्दै माफी माग्दै अबदेखि यस्ता गल्ती नदोहोर्याउने सहमति भएको कांग्रेस जिल्ला सदस्य ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसअघि सोमबार बेलुका तुलसीपुर–१० गौरीगाउँमा नेकपाका कार्यकर्ताले बियरका बोत्तल र रडले आक्रमण गर्दा तुलसीपुर–११ हस्नापुरका नेविसंघका कार्यकर्ता कृष्ण बस्नेत घाइते हुनु भएको थियो । घाइते बस्नेतलाई प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।
टाउकोमा बियरको बोत्तलका सिसा बिझेको आशंका भएकाले सिटी स्क्यान गर्न नेपालगन्ज रेफर गरिएको प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया