आइएसआइएसको अपहरणमा परेका ३९ भारतीय कामदारको हत्या !
बीबीसी । इस्लामी आतङ्ककारी समूह आइएस आइएसले अपहरण गरेका निर्माण क्षेत्रका ३९ भारतीय कामदारको इराकमा हत्या भएको भारतले जनाएको छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले बताएअनुसार ३८ जना कामदारको डिएनए शवसँग मिलेपछि खबर पक्का भएको हो ।
२०१४ मा नै मोसुलमा आइएसको अपहरणमा परेको भएपनि भारत सरकारले अहिलेसम्म उनीहरु जीउँदै रहेको दाबी गर्दै आएको थियो । तर सामुहिक चिहानमा फेला परेका शवहरुसँग डिएनए मिलेपछि भने उनीहरुको पहिचान भएको बताइएको छ ।
ती सबै कामदारहरुलाई मुक्त गराउन भारत सरकारले लामो समयदेखि निरन्तर प्रयास गरिरहेको थियो ।
गतवर्ष मात्र सरकारले इराकको मद्दतले उनीहरु अझै मोसुलमै कैद रहेको पत्ता लगाएको थियो । ३९ मध्येका एक कामदारको डिएनए भने ७० प्रतिशत मात्र मिलेकाले उनको अझै पूर्ण परीक्षण हुन बाँकी रहेको स्वराजले बताएकी छन् ।
मंगलबार राज्यसभामा भाषण गर्दै गर्दा उनले यो खबर सार्वजनिक गरेकी हुन् ।
पछिल्लो वर्ष भने उनले ती कामदारहरु मारिएको कुनै प्रमाण नभेटिएकाले उनीहरु जिवित हुन सक्ने बताएकी थिइन् । अपहरित मध्ये ३१ कामदारहरु भारतको उत्तरी प्रदेश पन्जाबबाट भएको बताइएको छ भने त्यसबाहेकका कामदार हिमाञ्चल प्रदेश र बिहार अनि वेस्ट बंगालका रहेको बताइएको छ । स्वराजले उक्त समाचार सार्वजनिक गराउनासाथै सामाजिक संजालमा यसको अत्यधिक चर्चा भएको थियो ।
२०१४ मा नै भारतले आफ्ना सबै नागरिकलाई इरान जान निषेध गरिदिएको थियो र त्यहाँ भएकालाई समेत फर्काउने प्रक्रियामा रहेको थियो । भारतले विभिन्न क्षेत्रमा फसेका आफ्ना नागरिकहरुलाई मुक्त गराउन सम्झौता गर्दै आएको छ । यसअघि पनि आइएसको कब्जामा रहेका ४६ भारतीय नर्सलाई एक हप्तापछि मुक्त गराउन भारत सफल भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया