विदुर नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

विदुर खबर २०७६ मंसिर १० गते १८:२०

विदुर । विदुर नगरपालिकाको शिक्षा शाखाले त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयमा गत साता नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

Advertisement

माध्यमिक तह अन्तर्गत भएको प्रतियोगितामा अजिङगरे माध्यमिक विद्यालयका स्वस्तिका श्रेष्ठ प्रथम, चन्द्रज्योति माध्यामिक विद्यालयका दिपिका रिमाल द्धीतिय र चण्डेश्वरि माध्यामिक विद्यालय तुप्चेका मन्दिरा रिमाल तृतीय भएका छन् ।
गुणस्तरिय शिक्षा आजको आबश्यकता , म र शिक्षा बिकासमा मेरो दायित्व, शिक्षामा कर्तब्य र अधिकार गरी तिन ओटा शिर्षकमा सहभागि बिद्यार्थिहरुलाइ गोला प्रथाद्धारा शिर्षक छनोट गर्न लगाइएको थियो । प्रतियोगितामा १३ वटा बिद्यालयका १७ जना बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा क्रमशः प्रथम, द्धीतिय र तृतीय हुने बिद्यार्थिहरुई क्रमशः चार हजार तीन हजार र दुई हजार नगद रुपैयाँ प्रदान गरिएको शिक्षा बिज्ञ तुलध्वज खतिवडाले बताए ।

Advertisement

प्रतिक्रिया