नुवाकोटका निर्माण व्यवसायीको प्रशासनमा धर्ना
विदुर खबर
२०७६ मंसिर १० गते १७:२९
विदुर । सार्वजनिक खरिद ऐन (आठौं संशोधन) नियमावलीमा पुनः संशोधनको माग गर्दै नुवाकोटका निर्माण व्यवसायीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धर्ना दिएका छन ।
म्याद थप र क्रेडिट लाईन लगायतका व्यवस्थामा संशोधन हुनुपर्ने मागसहित संघले जिल्ला प्रशासन कार्यालयमा शान्तिपुर्ण धर्नाको आयोजना गरेको हो । नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले बैकको क्रेडिट लाईनका कारण निर्माण व्यवसायीहरु प्रतिपर्धी हुन नसकेकोले आफुहरु विरोधमा उत्रनु परेको बताए ।
निर्माण व्यवसायी संघले २५ बुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
व्यवसायीहरुले माग पूरा नभए वर्ग अनुसार इजाजतपत्र बुझाउँदै जाने, हेभी ईक्युप्मेन्ट सहित सडकमा प्रदर्शन गर्ने, बोलपत्र बहिष्कार गर्ने अनि निर्माण कार्यसमेत ठप्प पार्ने समेत सरकारलाई चेतावनी दिएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अर्थतन्त्रको संकट : व्यवसायीको पीडा, चेक प्रणालीको दबाब र सरकारको जिम्मेवारी
नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प





प्रतिक्रिया