नुवाकोटका निर्माण व्यवसायीको प्रशासनमा धर्ना
विदुर खबर
२०७६ मंसिर १० गते १७:२९
विदुर । सार्वजनिक खरिद ऐन (आठौं संशोधन) नियमावलीमा पुनः संशोधनको माग गर्दै नुवाकोटका निर्माण व्यवसायीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धर्ना दिएका छन ।
म्याद थप र क्रेडिट लाईन लगायतका व्यवस्थामा संशोधन हुनुपर्ने मागसहित संघले जिल्ला प्रशासन कार्यालयमा शान्तिपुर्ण धर्नाको आयोजना गरेको हो । नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले बैकको क्रेडिट लाईनका कारण निर्माण व्यवसायीहरु प्रतिपर्धी हुन नसकेकोले आफुहरु विरोधमा उत्रनु परेको बताए ।
निर्माण व्यवसायी संघले २५ बुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
व्यवसायीहरुले माग पूरा नभए वर्ग अनुसार इजाजतपत्र बुझाउँदै जाने, हेभी ईक्युप्मेन्ट सहित सडकमा प्रदर्शन गर्ने, बोलपत्र बहिष्कार गर्ने अनि निर्माण कार्यसमेत ठप्प पार्ने समेत सरकारलाई चेतावनी दिएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया