नुवाकोटमा लैगिंक हिसा विरुद्धको १६ दिने अभियान शुरु

विदुर खबर २०७६ मंसिर ९ गते १८:३६

नुवाकोट । नुवाकोटमा सोमबारदेखि लैगिंक हिसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

Advertisement

दिवसको अवसर पारेर सोमबार साँझ विदुरमा दिप प्रज्वलन गरिएको छ । जिल्लामा रहेका विभिन्न ५ संस्थाको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले समन्वय गरेका छन ।

दिप प्रज्वलन कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गिता अमात्य, जिल्ला लघुउद्यम संघकी अध्यक्ष गिता ढकाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया