३ जना नुवाकोटे जुवाको खालबाट समातिए
विदुर खबर
२०७६ मंसिर ९ गते १८:१९

नुवाकोट । ३ जना नुवाकोटे जुवाकोट खालबाट पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा शिवपुरी गाउँपालिका ७ का २८ वर्षीय सन्तोष पाण्डे , २५ वर्षीय प्रवीण पाण्डे र लिखु गाउँपालिका १ का २८ वर्षीय नवराज थिङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरुलाई धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको हो ।
पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया