नेताहरूलाई पैसा बुझाएर मात्रै कलाकार सम्मान पाउने : पूर्वउपराष्ट्रपति झा
काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले नेताहरूलाई पैसा बुझाएर मात्रै कलाकारहरूले राज्यसत्ता र उच्च निकायहरूमा पहुँच पाउने गरेको बताएका छन् । तिलक फिल्मस् प्रालिको तेस्रो वार्षिकोत्सवमा आयोजित राष्ट्र निर्माणमा कलाकारहरुको भूमिका विषयक विचार गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रममा संघीय नेपालका प्रथमउ पराष्ट्रपति झाले कलाकर्मीहरूलाई राष्ट्रले सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।
‘यहाँ त पैसाको बिटो बुझाए मात्रै राज्य सञ्चालन र उच्च तहमा पहुँच पाउन सक्छन् कलाकारले, नभए केही हुँदैन, यो अवस्थालाई वर्तमान सरकारले अन्त्य गर्नुपर्छ,’ झाले भने, ‘कलाकारको मेहनत, देश र जनताप्रति दिएको बलिदानीलाई सम्मान गर्नुपर्छ, कदर गर्नुपर्छ।’ पूर्व उपराष्ट्रपति झाले मुलुक विस्तारै विकास र समृद्धिको यात्रामा अघि बढेकाले अब कलाकारहरूले पनि सम्मानजनक स्थानपाउने धारणा व्यक्त गरे ।
कार्यक्रममा समाजवादी पार्टीकी नेतृ तथा राष्ट्रियसभा सदस्य प्रमिला यादवले प्रदेशहरूलाई अधिकार सम्पन्न बनाएमा कलाकारहरूलाई पनि फाइदा पुग्ने बताइन्। ‘केन्द्रिकृत भएर बसेको मुलुकको पूँजीलाई अब विस्तारै प्रदेश र स्थानीयतहमा पु¥याउनुपर्छ,’ यादवले भनिन्, ‘यसबाट कलाकारहरू पनिलाभान्वितहुनुहुने छ।’
त्यसैगरी, वरिष्ठ संस्कृतिविद्, गायकतथा देउडा सम्राट प्राज्ञ नन्दकृष्ण जोशी र संगीतकार तथा समाजसेवी मनोजराज शिवाकोटीले परिवर्तनका आन्दोलनहरूमा कलाकारको योगदान रहने गरे पनि त्यसपछि सधैँ राज्यबाट उपेक्षाको शिकार भइरहेको बताए ।
विभिन्न क्षेत्रका श्रष्टा सम्मानित
तिलक फिल्मस्ले विभिन्न क्षेत्रमा क्रियाशील श्रष्टाहरुलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष दीपकराज जोशीका अनुसार मुर्छना संगीतालयका प्रबन्ध निर्देशक वरिष्ठगायक, संगीतकार मनोजराज शिवाकोटी, शैक्षिक तथा सामाजिक संघ–संस्थामा आवद्ध, वरिष्ठ शिक्षासेवीतथा समाजसेवी सपना लामा, पत्रकार अशोक अधिकारी, झरनाकला केन्द्रकी प्रबन्ध निर्देशक, नृत्य निर्देशक तथा कलाकार मनिषा राईलाई सम्मान गरिएको छ ।
त्यसैगरी, शैक्षिक अभियन्ता तथा समाजसेवी रामकृष्ण बल, निर्माण, सौन्दर्य तथा महिला उद्यमी सरस्वती श्रेष्ठ (सरु),नृत्य निर्देशक तथा कलाकार रोशन बुढाथोकी, महिला उद्यमी तथा समाजसेवी छपिकुमारी ओली, वरिष्ठ ध्वनी सम्पादक तथा गायककुमार रानालाई पूर्वउपराष्ट्रपति झाले सम्मान गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया