धादिङ बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व

विदुर खबर २०७६ मंसिर ८ गते १८:०३

धादिङ । धादिङको गल्छी गाउँपालिका ४ मा रहेको धादिङ बहुमुखी क्याम्पसको १० औं साधारण सभा सम्पन्न भएको छ । क्याम्पस परिसरमा भएको साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

Advertisement

साधारण सभामा गल्छी गाउँपालिका ४ का वडाध्यक्ष राजु अधिकारीले सामुदायिक क्याम्पसको रुपमा रहेको धादिङ बहुमुखी क्याम्पसले उत्पादन गरेको जनशक्तिले मुलुकको बिकासमा टेवा दिनुपर्ने भन्दै क्याम्पस संचालनकालागि आगामी दिनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहांले सिमित साधन र स्रोतबाट संचालन हुदै आएको क्याम्पसले आफ्नो लक्ष्य अनुरुपको शिक्षा प्रदान गर्दै आएको र आगामी दिनमा क्याम्पसले अझै प्रगती गरेको आफुले हेर्न चाहेको समेत बताउनुभयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष शिवप्रसाद अधिकारीले तीव्र प्रतिष्प्रर्धाका बीचमा पनि उदेश्य अनुरुप क्याम्पस सफल हुदै गएको बताउनुभयो । कार्यक्रमा स्थानीय समाजसेवी पुरुषोत्तम अधिकारी, प्रेमबहादुर अधिकारी, रमेश नेपाल क्याम्पस प्रमुख हर्क जागरी लगायतले बोल्नु भएको थियो ।

Advertisement

साधारण सभाले शिवप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका अन्य पदाधिकारीमा पुरुषोत्तम अधिकारी, पुष्पराज अधिकारी, अर्जुन अधिकारी, दीपक रिजाल, भगवती चालिसे, रामशरण अधिकारी, सूर्यबहादुर अधिकारी, रमेश नेपाल लगायत रहनु भएको छ ।

न्युज अफ नेपालबाट

Advertisement

प्रतिक्रिया