वीपी स्मृति अस्पतालको अध्यक्षमा पुन: डा. केसी
वीपी स्मृति सहकारी अस्पतालको अध्यक्षमा पुन: डा केदार नरसिंह केसी चयन भएका छन् । राजधानीको बसुन्धारास्थित रहेको अस्पतालको १२ औं वार्षिक साधारणसभाले डा. केसीलाई नै पुनः छनोट गरेको हो ।
सहकारी ऐन अनुसार डा. केसीको कार्यकाल ४ वर्ष हुने भएपनि एकवर्ष अघि नै नेतृत्व परिवर्तन गर्ने कसरत गरिएको थियो । तर, ऐन अनुसार नै जाने भनेर अन्तिममा केसी सहित वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिइएको हो ।
राजधानीमा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा अस्पतालको प्रगति विवरण अध्यक्ष केसीले प्रस्तुत गरेका थिए । स्थापनाको १२ वर्षमा अस्पतालको चलअचल पुँजी २५ करोड नाघेको भन्दै उनले व्यवस्थापन र सदस्यहरुलाई बधाई दिए । अस्पताल दुई वर्षयता आफ्नै भवनमा सञ्चालित रहेको र सेवाहरु विस्तार हुने क्रममा रहेको बताए । अस्पतालले छिटै न्यूरो, कार्डियो सर्जरी र क्यान्सरको उपचार थाल्ने योजना पनि डा. केसीले सुनाए ।
उद्घाटन सत्रमा अस्पतालका शेयरधनिका साथै काँग्रेस नेता कुल बहादुर गुरुङ, अर्जुन नरसिंह केसी लगायत उपस्थित थिए । अस्पतालमा करिब ६ सय शेयर धनी रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया