छिमेक लघुवित्त वेत्रावती शाखाको वित्तीय साक्षरता तथा अभिावक भेला सम्पन्न

विदुर खबर २०७६ मंसिर ८ गते १४:२३

नुवाकोट । छिमेक लघुवित्त वित्तिय संस्था शाखाले विभिन्न इकाईका सदस्य तथा अभिभावकहरुलाई ४ दिने अभिभावक भेला तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

लघुवित्तले संस्थामा आवद्ध सदस्य तथा सदस्यका अभिभावकलाई वित्तियसाक्षर बनाउने उद्देश्यले भेला तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको बताएको छ । भेलामा १ सय ८४ जना सदस्य तथा अभिभावकको सहभागीता रहेको थियो । भेलालाई क्षेत्रीय कार्यालयबाट आएका प्रशिक्षक भोजराज जोशी र मिनराज पन्थले सहजीकरण गरेका थिए । कार्यक्रममा वेत्रावती शाखाका शाखा प्रबन्धक भानुभक्त आचार्यले प्रतिवेदन प्रस्तुत गरेका थिए । २०७३ साल फागुन १ गतेबाट संचालनमा आएको शाखाले १ हजार ९ सय ६ जना सदस्यहरु समुहमा आवद्ध गरी २ करोड ८७ लाख २७ हजार २० रुपैयाँ बचत संकलन तथा २ करोड ४४ लाख २३ हजार ७ सय ३ रुपैयाँ कर्जा लगानी रहेको छ ।

राष्ट्रिय स्तरको एक अर्ब अठार करोड रुपैयाँ चुक्तापुँजी रहेको लघुवित्तले ६७ जिल्लामा १३७ शाखा कार्यालय तथा ७२ डिजिटल प्वाइन्टमार्फत ३ लाख ६७ हजार विपन्न घरपरिवारलाई वित्तिय सेवा ददैं आएको छ

Advertisement

प्रतिक्रिया