नुवाकोटबाट धादिङ गएको वस दुर्घटना, एकको मृत्यु ४० जना घाइते
विदुर खबर
२०७६ मंसिर ८ गते १२:४१

फाईल फोटो ।
नुवाकोट । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।
नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया