पन्चकन्यामा सञ्चार तथा अभिव्यक्ति तालिम सुरु
विदुर खबर
२०७६ मंसिर ७ गते ११:१३

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपाउँपालिकाको केन्द्र लाकुरीभन्ञ्याङमा शुक्रबारदेखि ३ दिने संचार तथा अभिव्यत्ति तालिम शुरु भएको छ ।
जनकल्याण युवा समाज पञ्चकन्याको आयोजनामा भएको तालिममा वडा नम्बर ३ का ३० जनाभन्दा बढीको सहभागिता रहेको गाउँपालिकाकी उपाध्यक्ष सिता पराजुली खड्काले जानकारी दिइन । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रमेश तामाङ अहिलेको २१ औ शताब्दीमा बोल्ने र लेख्न सक्ने मानिसहरु मात्र बजारमा बिक्ने भन्दै तालिमको भरपुर सदुपयोग गर्न सहभागिलाई आग्रह गरे । उनले तालिमले मानिसको व्यक्तित्व विकास गर्ने भन्दै तालिमपश्चात उत्कृष्ट प्रशिक्षार्थी निस्कने विश्वास व्यक्त गरे ।
तालिममा सहभागीहरुलाई रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामाले प्रशिक्षण दिने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया