सडकको निरीक्षण गर्दै छिटो काम सक्न मुख्यमन्त्री पौडेलको निर्देशन
काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नारायणगढ–मुग्लिन सडकखण्डको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डको मंगलबार अनुगमनपछि मुख्यमन्त्री पौडेलले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड प्रदेश नम्बर ३ को मुख्य सडकखण्ड रहेको भन्दै उनले तोकेको समयमा काम सम्पन्न नगरे कारवाही गर्ने चेतावनी दिए ।
२०१५ को अप्रिलमा सुरु भएको सो सडक बिस्तारको कामको तीन पटकसम्म म्याद थप गरि सकिएको छ । पछिल्लो म्यादअनुसार २०१८ को फेब्रुअरी २० सम्ममा काम सक्नुपर्ने भएपनि त्यसो हुन नसकेपछि पुनः म्याद थपको तयारी भईरहेका बेला मुख्यमन्त्री पौडेलले अबको म्याद थप नै अन्तिम हुनुपर्ने तर्फ सचेत गराए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले नीतिगत रुपमा सुधार गरेर विकास निर्माणका कामलाई तिव्रता दिने बताए । सडक अनुगमनमा प्रदेश नम्बर ३ का सांसदहरु विजय सुवेदी, दावा दोर्जे लामा, रिना गुरुङ लगाएत पनि सहभागी थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना








शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया