लिखु गाउँपालिकामा अटो रिक्साको सेवा शुरु

विदुर खबर २०७६ मंसिर ७ गते ९:२७

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा शुक्रबारदेखि अटो रिक्साले सेवा शुरु गरेको छ ।

Advertisement

अटो रिक्साको शुरुवात गर्दै गाउँपालिकाका अध्यक्ष धूव्र श्रेष्ठले पहिलो चरण अन्र्तगत लिखु गाउपालिकाको गड्कार पुल(ढिकुरेबाट–छहरे)सम्म प्रतीदिन ४ वटा रिक्साले सेवा दिने बताए । गाउँपालिका अध्यक्ष श्रेष्ठले दोस्रो चरणमा गाउँपालिकाका सबै वडा रिक्साको सेवा विस्तार गर्ने बताए । उनले विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरि भाडादर निर्धारण गरि गाउँबासीलाई राहात दिने बताए ।

यसअघि विदुर नगरपालिकामा रिक्सा संचालनको लागि अनुमति मागेपनि सदरमुकाम आसपासका क्षेत्रमा सवारी चाप बढेको भन्दै विदुर नगरपालिकाले रिक्सा संचालनको लागि अनुमति दिएको थिएन । नुवाकोटको लिखु गाउँपालिका रिक्सा संचालन गर्न दिने पहिलो गाउँपालिका समेत भएको छ ।

Advertisement

प्रतिक्रिया