नुवाकोटमा सुआहारा कार्यक्रम उत्कृष्ठ भएको सरोकारवालाको भनाई

विदुर खबर २०७६ मंसिर ६ गते २१:२१

विदुर । ककनी सामुदायिक विकस केन्द्र (केसीडिसी)ले संचालन गरेको सुआहारा कार्यक्रम जिल्लामा नै उत्कृष्ठ भएको सराकारवालाहरुले बताएका छन ।

Advertisement

शुक्रबार केसीडिसीले आयोजना गरेको जिल्ला परियोजना परामर्श समितिको बैठकमा सरोकारवालाहरुले सो कुरा बताएका हुन । कार्यक्रममा जिल्ला समन्वय समितका प्रमसख सन्तामान तामाङले सुआहारा कार्यक्रमले महिला र बालबालिकाको क्षेत्रमा उदाहरिणय काम गरेकोले अन्य संघसंस्थाले पनि उसको सिको गर्नुपर्ने बताए । जिसस प्रमसख तामाङले जिल्लामा रहेका गैरसरकारी संस्थाहरले गरेको कामको आफुहरुले शुक्ष्म तरिकाले अनुमगन गरिरहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापाले सुहाहाराको प्रभावकारी कामले प्रत्येक स्थानिय तहले महिला र बालबालिकाको क्षेत्रमा उत्साहजनक रुपमा बजेड विनियोजन गरेको बताइन । कार्यक्रममा केसीडिसी कार्यकारी निर्देशक टंक लामाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति विवरण तथा यस वर्षको कार्ययोजनाहरु सार्वजनिक गरेका थिए । युएसएड÷नेपालबाट आर्थिक सहयोग प्राप्त भई हेलेन केलर इन्टरनेसनलको व्यवस्थापनमा संचालित सुआहारा कार्यक्रम नुवाकोटको १२ वट्टै स्थानिय तहमा संचालन भइरहेको छ ।

Advertisement

प्रतिक्रिया