धादिङको लापामा प्रहरी चौकीको स्थापना
धादिङ । धादिङको लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरीक्षक राजकुमार बैदवारद्वारा सँयुक्त पमा रिबन काटी प्रहरी चौकीको उद्घाटन गर्नु भएको हो ।नेपाल सरकार मन्त्री परिषदको निर्णय र प्रहरी प्रधान कार्यालय प्रशासन शाखाको पत्रानुसार धादिङ जिल्ला रुबिभ्याली गाउँपालिका वडा नं.५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको जनाईएको छ ।
उक्त कार्यक्रममा रुवीभ्याली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर नेगी‚ रुवीभ्याली गाउँपालिका उपाध्यक्ष विना लामा तामाङ‚ राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक मुकुन्द मरहठा‚ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक भोलामान सिंह अधिकारी‚ जनप्रतिनिधीहरु‚ स्थानिय व्यक्तिहरु लगायतको उपस्थित रहेको थियो । र धादिङ जिल्लाको उत्तरी विकट हिमाली भेगमा रहेको उक्त प्रहरी चौकीमा प्रहरी हवल्दारको कमाण्डमा ६ जना कार्यरत छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया