ककनीका ४२ घरधुरीलाई ग्यास र चुल्लो वितरण

विदुर खबर २०७६ मंसिर ४ गते २०:४९

भरतसन्तोषी, ककनी । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ चतुराले बलामी गाउँका ४२ घरधुरीलाई एक संस्थाले एक÷एक थान ग्यास र खाना पकाउने चुल्लो वितरण गरेको छ ।

Advertisement

जर्मनी संस्था हेल्फे नेपालले पर्यावरण जोगाउन भन्दै ग्यास र चुलो वितरण गरेको हो । वातावरणमा रहेको बोटबिरुवालाई जोगाऔं भन्ने मुल नारालाई मुर्तरुप दिन संस्थाले ग्यास सिलिन्डर सहित चुलो वितरण गरेको संस्थाका प्रतिनिधि गोकर्ण गुणीले बताए । ग्यास चुलोको प्रयोगबाट बोटबिरुवा कटानी तथा फडानीमा केहि कमी आउनेमा केहि हुने भन्दै चुलो र ग्यास वितरण गरेको उनले बताए ।

त्यस्तै संस्थाकै अगुवाइमा चतुरालेमा तीन दिने साबुन बनाउने तालिम समेत संचालन गरिएको थियो । तालीममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया