नुवाकोटमा पनि फलेन गरिमा धान, एकसयभन्दा बढीद्धारा क्षतिपुर्ति माग

विदुर खबर २०७६ मंसिर ४ गते १९:४७

नुवाकोट । नुवाकोटका एकसय २० जनाभन्दा बढी किसानले लगाएको गरिमा जातको धान नफलेपछि क्षतिपुर्ती माग गर्दै कृषि ज्ञान केन्द्र नुवाकोटमा निवेदन दिएका छन् ।

Advertisement

गरिमा जातको धान भनेर नक्कली बीऊ परेको कारण आफूहरु पीडित भएको भन्दै १ सय २० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि निवेदन दिएको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केन्द्रका प्रमुख तेजप्रसाद दुवाडीले बताए ।

गरिमा जातको धान भनेर नक्कली बीऊ लगाएका कारण नोक्सान बेहोर्न बाध्य भएका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेपछि पीडित भएका किसानले निवेदन दिएका हुन । निवेदन दिएका कृषकहरुको तथ्याङ संकलन भइरहेको केन्द्रका प्रमुख दुवाडीले जानकारी दिए । निवेदन दिने कृषकको संख्या अझै बढ्न सक्ने कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया