प्रदेश ३ सरकारले प्रत्येक स्थानीय तहमा शान्तिपार्क निर्माण गर्ने
विदुर खबर
२०७६ मंसिर ३ गते २०:०१
नुवाकोट । प्रदेश ३ सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शान्तिपार्क निर्माण गर्ने भएको छ ।
विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्झनामा पार्क निर्माणको योजना ल्याइएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा चारवटा स्थानीय तहमा शान्तिपार्क बनाउने घोषणाा गरेको प्रदेश सरकारले चालु आवमा थप ३० वटा स्थानीय तहमा पार्क स्थापना गर्ने तयारी अगाडि बढाएको छ । यसका लागि ४० वटा स्थानीय तहले मन्त्रालयमा प्रस्ताव पेस गरेकोमा ३० वटा मात्र छनोट भएका छन् । आव ०७८/७९ भित्र प्रदेश ३ को एक सय १९ वटै स्थानीय तहमा शान्तिपार्क निर्माण गरिसक्ने घोषणा वार्षिक नीति तथा कार्यक्रममार्फत गरिएको थियो ।
पार्कका लागिआन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपमहानगरपालिका र महानगरपालिकाका लागि बढीमा ३० प्रतिशत, नगरपालिकाको लागि बढीमा ४० प्रतिशत र गाउँपालिकाको लागि बढीमा ५० प्रतिशत लागत साझेदारी गर्ने नीति अवलम्बन गरेको छ । यसका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रत्येक स्थानीय तहमा शान्ति निर्माणका लागि विनियोजन गरिएको दुई करोड रुपैयाँमध्ये एक करोड ४० रुपैयाँ बजेट फ्रिज भएको थियो ।
‘पार्कहरू सार्वजनिक जग्गामा निर्माण हुनेछन् । तर, प्रदेशको माताहतमा यस्ता नहुँदा समस्या देखिएको छ,’ मन्त्री जम्मकट्टेलले भने, ‘सार्वजनिक जग्गा प्रायः वनमा हुने गरेको छ । वनसँग समन्वय नहुँदा समस्या देखियो ।’ भौतिक संरचना निर्माणका लागि हिमाली र पहाडी क्षेत्रमा ३० रोपनी, काठमाडौं उपत्याकाभित्र ५ रोपनी र तराई तथा भित्रीमधेसमा एक बिघा जमिन हुनुपर्ने प्रस्ताव गरिएको मन्त्री जम्मकट्टेलले जानकारी दिए ।स्थानीय तहलाई समेट्ने गरी शान्तिपार्क निर्माण कार्यविधि र मापदण्ड २०७६ बनाइएको मन्त्रालयका सचिव वीरवहादुर सिंहले जानकारी गराए । पार्कमा सभा सम्मेलन, योग शिविर, ध्यान, प्रवचन, गोष्ठी तथा अन्तरक्रिया गर्न मिल्ने कम्तीमा तीनवटा हल निर्माण हुने उनको भनाइ छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया