अदालतको अवहेलना गरेको आरोपमा पत्रकार खेम भण्डारी जेल चलान
विदुर खबर
२०७६ मंसिर ३ गते १८:३९
नुवाकोट।निर्मला पन्त हत्या र बलात्कार प्रकरणमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार पक्राउ गरेको हो । भण्डारीविरुद्ध कञ्चनपुर प्रहरीले अबहेलना मुद्दा दायर गरेको थियो । जस अनुसार अदालतले उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको थियो । भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलनामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए ।
प्रहरीका अनुसार उनी एक घण्टापछि रिहा हुनेछन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया