पूर्व अर्थमन्त्री महतद्धारा कालिका मन्दिरको शिलान्यास
कविलास । नवाकोटको नौ कोट मध्ये एक कोटको रुपमा अवस्थित पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलासमा रहेको कालिका मन्दिरको सोमबार पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले शिलान्यास गरेका छन ।
वि.स २०७२ सालको भुकम्पबाट ध्वस्त भएको मन्दिरको पुननिर्माण परातत्व विमागले गर्न लागेको हो । पुरातत्त्व बिभागवाट भ्याट र कन्सल्टेन्सि बाहेक करिव एक करोड २९ लाख ७ हजार एक सय २३ रुपैया ५२ पैसाको लागतमा मन्दिर निर्माण हुन लागेको कालिकादेवि क्षेत्र बिकाश कोषका अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । मदिर शिलान्यास कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्रि डा रामशरण महतले जिल्लामा रहेका यस्ता पुरातात्विक सम्पदाको निर्माणको लागि आफु सदा लागि परेको बताए । उनले आफु पदमा भएपनि पनि नभएको अवस्थामा पनि जिल्लाको विकास निर्माणमा सदा लागिपर्ने प्रतिवद्धता व्यक्त गरेकोे नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले जानकारी दिए ।
डा. महतले सरकारप्रति लक्षित गर्दे अरुले गरेको कामलाई आफै गरेको भनेर झुट प्रचार नगर्न आग्रह र दुई चारवटा भएपनि नया काम गरेर देखाउन चुनौती दिए । उनले कुनै पनि राजनीतिक पुर्वाग्रह नराखि समान भएर काम गर्न स्थानिय सरकारलाई आग्रह समेृत गरे ।
मन्दिरको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पुर्वमन्त्री डा. प्रकाशशरण महत, नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत, तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे, पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली खड्का , नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य बैकुण्ठ मिश्र, झपर यादव ,उपेन्द्र कुईकेल ,महाधिवेशन प्रतिधिनि कृष्ण मिश्र लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया