पूर्व अर्थमन्त्री महतद्धारा कालिका मन्दिरको शिलान्यास

विदुर खबर २०७६ मंसिर ३ गते १५:११

कविलास । नवाकोटको नौ कोट मध्ये एक कोटको रुपमा अवस्थित पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलासमा रहेको कालिका मन्दिरको सोमबार पुर्व  अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले शिलान्यास गरेका छन ।

Advertisement

वि.स २०७२ सालको भुकम्पबाट ध्वस्त भएको मन्दिरको पुननिर्माण परातत्व विमागले गर्न लागेको हो । पुरातत्त्व बिभागवाट भ्याट र कन्सल्टेन्सि बाहेक करिव एक करोड २९ लाख ७ हजार एक सय २३ रुपैया ५२ पैसाको लागतमा मन्दिर निर्माण हुन लागेको कालिकादेवि क्षेत्र बिकाश कोषका अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । मदिर शिलान्यास कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्रि डा रामशरण महतले जिल्लामा रहेका यस्ता पुरातात्विक सम्पदाको निर्माणको लागि आफु सदा लागि परेको बताए । उनले आफु पदमा भएपनि पनि नभएको अवस्थामा पनि जिल्लाको विकास निर्माणमा सदा लागिपर्ने प्रतिवद्धता व्यक्त गरेकोे नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले जानकारी दिए ।

डा. महतले सरकारप्रति लक्षित गर्दे अरुले गरेको कामलाई आफै गरेको भनेर झुट प्रचार नगर्न आग्रह र दुई चारवटा भएपनि नया काम गरेर देखाउन चुनौती दिए । उनले कुनै पनि राजनीतिक पुर्वाग्रह नराखि समान भएर काम गर्न स्थानिय सरकारलाई आग्रह समेृत गरे ।

Advertisement

मन्दिरको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पुर्वमन्त्री डा. प्रकाशशरण महत, नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत, तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे, पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली खड्का , नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य बैकुण्ठ मिश्र, झपर यादव ,उपेन्द्र कुईकेल ,महाधिवेशन प्रतिधिनि कृष्ण मिश्र लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया