यस्तो रह्यो त्रिशुली थ्रि ए को उद्घाटन कार्यक्रम (फोटो फिचर)

विदुर खबर २०७६ मंसिर २ गते १८:१४

नुवाकोट । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले सोमबारदेखि व्यावासयिक उत्पादन थालेको छ ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ६० मेगावाटको आयोजनाले व्यावासयिक उत्पादन थालेको हो ।  प्रधानमन्त्री ओलीले काठमाण्डौबाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्ले नै पुगेर उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गर्दै आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने बताए । ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित हुने गरेको बताए ।

Advertisement

आयोजनाको पहिलो र दोस्रो युनिट (३०÷३० मेगावाट)बाट क्रमशस् गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको हो ।

Advertisement

थप समाचार

माथिल्लो त्रिशूली थ्री ए बाट व्यावसायिक विद्युत् उत्पादन सुरु

 

 

प्रतिक्रिया