नुवाकोटको दुई प्रहरी चौकीको एकैसाथ उद्घाटन

विदुर खबर २०७६ मंसिर १ गते २०:३८

नुवाकोट । नुवाकोटमा आईतबार दुई प्रहरी चौकीको नयाँ भवनको एकैसाथ उद्घाटन गरिएको छ ।

Advertisement

ईलाका प्रहरी कार्यालय ढिकुरे र प्रहरी चौकी ककनी नवनिर्मीत भवनहरुको प्रदेश ३ नम्बर प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले उद्घाटन गरेका हुन । भवनको उद्घाटन गर्दै बस्नेतले भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले दुबै भवनको पुननिर्माण गरिदिएको हो । ककनी प्रहरी चौकीको निर्माण एक करोड १४ लाख ५६ हजार ६६ रुपैयाँ र ईलाका प्रहरी कार्यालय ढिकुरेको लागत एक करोड ३९ लाख ३९ लाख ४० हजार ८ सय ३८ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले बताए ।

प्रहरी चौकीको उद्घाटन कार्यक्रममा ककनी गाउपालिकाका अध्यक्ष मानबहादुर लामा, लिखु गाउपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्ले, ककनी गाउँपालिकाका वडा अध्यक्षहरु, नं.१ तालिम गण मैथली सिविर नुवाकोटका गणपती, जबरजंगगण देविघाट नुवाकोटका गणपती,सशस्र प्रहरी बल नेपाल गुल्म हे.क्वा नं.१९ नुवाकोटका प्रमुख जनक सापकोटा,जिल्ला प्रशासन कार्यालाय नुवाकोटका प्रशासकिय अधिकृत घर्मराज भट्ट, जग्गादाताहरु,राजनैतिक दलका प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया