संगम सेवा समाज दोहा कतारको दोस्रो अधिवेशन सम्पन्न

विदुर खबर २०७६ कार्तिक ३० गते २०:४५

कतार । संगम सेवा समाज दोहा कतार को दोस्रो अधिवेशन-हिजो १५ नोभेम्बर २०१९ शुक्रबार को दिन सल्वा रोड स्थित ताजा रेष्टुरेन्ट को सभाहलमा संस्थाका का.वा अध्यक्ष/ महासचिव होङ्गा घलेको सभापतित्वमा र प्रदेश नं ३ समन्वय परिषद कतारका अध्यक्ष समीर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेशन बाट कान्छामान तामाङको अध्यक्षतमा १७ सदस्यीय र ५ जना सल्लाहकार समिती निर्विरोध निर्वाचित भएको छ।

Advertisement

विधान संशोधन समिती संयाेजक ईन्द्र बहादुर तामाङ ,सदस्य बिकास तामाङ , सुमन कुमार लाे तामाङ निर्वाचन समिति संयाेजक विकास तामाङ सदस्स सुमन कुमार लाे ,ज्ञानमान थिङ तामाङ ( तारा) पर्यबेक्षक बिनेश कुमार तामाङ , एक्का प्रसाद तामाङ ( याेगेन्द्र) रहेको थिएलामा गुरुहरु बाट बौद्दधर्म संस्कार अनुरुप पुजापाठा तथा मोमल मन्त्र प्रबोचन गरे पश्चात् प्रमुख अतिथी प्रदेश न. ३ समन्वय परिषद कतार का अध्यक्ष समीर क्षेत्री ज्यु, विशेष अतिथि, अतिथिहरुले सामुहिक ब्यानर अनावरण तथा राष्ट्रिय गान बाचन गरि औपचारिक रुपमा उद्घाटन गरि गायक गौतम मोक्तानले स्वागत गित बाट र उपाध्यक्ष कान्छा मान तामाङ,संरक्षक पुर्णमान तामाङ ले स्वागत मन्तव्य राखेका थिए।

बिशेष अतिथिहरुमा नुवाकोट सेवा समाज कतारका का.वा. अध्यक्ष बिष्णु भण्डारी, साथै महासचिव श्री दिपेन्द्र घले, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार का अध्यक्ष श्री, योगेन्द्र तामाङ, सचिव बिकास तामाङ साथै प्रमुख सल्लाहकार, पुर्व एनआरएनए एनसिसी बिनेश कुमार तामाङ, बिशेष सल्लाहकार इन्द्र बहादुर तामाङ, नेपाल मगर संघ शाखा कतार का महासचिव बिवेक पूलामी मगर, त्येसैगरि अतिथिमा:- नेपाल तामाङ संस्कृति घेदुङ प्रवास कार्यसमिती कतारका अध्यक्ष हिरे तामाङ, नेपाल तामाङ युवा घेदुङका अध्यक्ष भिम मोक्तान, सचिव रमेश तामाङ, नेपाल तामाङ ताम्बा घेदुङ का अध्यक्ष आङगे तामाङ ज्यु, दाङसिङ युवा सेवा समाज का अध्यक्ष , शन्त बहादुर तामाङ, सामरी युवा सेवा समाज का अध्यक्ष विवराम तामाङ, संस्थाका प्रमुख,बिशेष सल्लाहकारहरु, संरक्षक बिशेष कलाकार, मिडियाकर्मी, बुद्दिजिबि समाजसेवी व्यक्तिवहरु लगायतका अन्य संस्थाका प्रतिनिधिहरु लाई आसन ग्रहण गराएको थियो।

Advertisement

कार्यक्रमा उपस्थित प्रमुख अतिथि, बिशेस अतिथि, अतिथिहरुले नव निर्वाचित कार्यसमिति लाई हार्दिक बधाई तथा शुभकामना दिदै पुरानो कार्यसमितिले समाजिक कार्यमा उल्लेखनिय भूमिका खेलेको र संगम एउटा नुवाकोट जिल्ला को एउटा दुर्गम तर पर्यटकीय स्थलको रुपमा धेरै सम्भावना बोकेको सुन्दर गाउँ पालिका साल्मे, भाल्चे किस्पाङ्ग -०४ त्यस ठाउँको दाजुभाई दिदीबहिनी प्रवासमा आएर पनि बचेको समय र केहि प्रतिशत कमाई यसरी सामाजिक कार्यको लागि खर्चेर एउटा उदाहरणीय कार्य गरेकोमा खुसि व्यक्त गर्दै अझै प्रगतिको कामना गर्दै खुलेर प्रसंशा समेत गरेका थिए ।
दुई चरणमा भएको कार्यक्रम मा खुल्ला शत्रमा:- सम्मान कार्यक्रमा तथा सांस्कृतिक कार्यक्रम समेत रहेकोले कार्यक्रमको शोभनीय थपेको थियो गायन तर्फ स्थानिय कलाकार, युवराज योञ्जन लामा, प्रनिल तामाङ्ग, गौतम तमाङ्ग, नृत्यतर्फ:- सुन्तु तमाङ्ग, सिता रिजाल मनिषा तामाङ्ग, गोईजन माया ब्लोन ले उत्कृष्ट कला प्रस्तुत गरेर सबैलाई झुमाएका थिए।

आयोजक ले सोहि कार्यक्रमको मंचमा पिटि अन्लाईन दोहा का संवाददाता, डिबि तामाङ ले मिडियाको क्षेत्रबाट साथै ब्यतिगत रुपमा आर्थिक, भौतिक नैतिक सामाजिक रुपमा अधिवेशन सफल पार्न खेलेको अहम भूमिकाको कदर गर्दै दोषाल्हा, तामाङ्ग भेष फेटा, साथै खादा ओडाई कदरपत्र द्वारा उच्च सम्मान गरेको थियो।

Advertisement

नव कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिदै पुरानो कार्यसमितिले खेलेको अहम भुमिका अतुलनीय रहेको र अझै साथ सहयोग को खाचो रहेको भन्दै निवर्तमान कार्यसमिति तथा संगम सेवा समाज दोहा कतार परिवारलाई साथै उपस्थित सम्पुर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दै सभापति होङ्गा घले ले कार्यक्रम सम्पन्न भएको घोषणा गरेको थियो।

प्रमुख सल्लाहकार वाङ्ज्यु लामाको संयोजकत्वोमा आयोजित कार्यक्रम मा कोषाध्यक्ष डा. घले ले संस्थाको स्थापना काल देखीको आयव्यय तथा विभिन्न शीर्षकमा सहयोग गरेको बिवरण सहित प्रतिवेदन बाचन, र सचिव नवराज घिमिरले कल्याणकारी कोषमा भएको बचत ऋण लगानी तथा कोषको प्रगति र भबिस्य को योजना हरु प्रष्ट्याएका थिए।

प्रतिक्रिया