जिल्ला समन्वय समितिमा कर्मचारी अभाव

विदुर खबर २०७६ कार्तिक २९ गते २०:५४

जिल्ला समन्वय समितिका प्रमुखहरुले कार्यालयमा कर्मचारीको अभावका कारण आफूहरुलाई दिएको जिम्मेवारी पूरा गर्न नसकेको बताएका छन ।

Advertisement

१ नं प्रदेश सभा, सुशासन तथा योजना समितिले शुक्रबार  विराटनगरमा आयोजना गरेको सुशासन तथा योजना सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनीहरुले संविधानले जिल्ला समन्वय समितिले तिनै तहका सरकारले गरेको विकास निर्माणका कामको अनुगमन गर्ने अधिकार दिएपनि आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको बताएका हुन ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले आवश्यक जनशक्तिको अभावमा विकास निर्माणको अनुगमन गर्ने नाममा आफुहरु धुलो उडाएर मात्र हिड्ने स्थितिमा अहिले रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिभएर आएपनि आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको गुनासो गर्नुभयो ।

Advertisement

प्रतिक्रिया