मन्त्रीमण्डल पुनर्गठन उपनिर्वाचनपछि

विदुर खबर २०७६ कार्तिक २८ गते ८:५७

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएसँगै सरकारमा सहभागी मन्त्रीहरू तनाबमा परेका छन्।

Advertisement

विगत ६ महिनादेखि मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा प्रधानमन्त्री लागे पनि स्वास्थ्य उपचार, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको कारण लम्बिँदै आएको छ। सरकारको कामलाई प्रभावकारी बनाउने योजनासहित प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई हटाएर केही नयाँ अनुहार ल्याउन खोज्नुभएको छ। मन्त्रीमण्डल पुनर्गठनको विषयमा सहमति जुटाउनका लागि उहाँले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू निकटका नेताहरूसँग परामर्श गरिसक्नुभएको छ।

सरकारमा सहभागी भएका मन्त्रीहरू भने पुनर्गठनको गृहकार्यले तनाब झेल्दै आएका छन्। सरकारलाई नै बदनाम गराउने गरी काम गर्ने केही मन्त्रीहरूलाई हटाउनुपर्ने दबाब प्रधानमन्त्री ओलीलाई पार्टीभित्रका नेताहरूले दिएका छन्। ६ महिनादेखि मन्त्रीमण्डल पुनर्गठनको चर्चा शुरू भए पनि प्रधानमन्त्री ओलीले ठोस निर्णय गर्नुभएको छैन।प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई बोलाएर राजीनामा दिनुपर्छ भन्ने संकेत नगर्दा मन्त्री रहने कि नरहने भन्ने दुविधा भएको एक मन्त्रीले बताए।

Advertisement

प्रतिक्रिया