बट्टारमा आयोजित रत्तदान कार्यक्रममा २० जनाले गरे रगतदान

विदुर खबर २०७६ कार्तिक २७ गते १९:०६

नुवाकोट । बट्टारमा सोमबार भएको रक्तदान कार्यक्रममा २० जनाले रत्तदान गरेका छन ।

Advertisement

विदुर नगरपालिका वडा नं ४ बट्टार स्थित नुवाकोट आर्दश बहुमुखि क्याम्पस गेटमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेको दारी ग्याङ नुवाकोटका संयोजक सुवास श्रेष्ठले बताए ।

लायन्स क्लब अफ नुवाकोट क्यापिटल, दारी ग्याङ्ग नुवाकोट र समृद्ध नुवाकोटको संयुत्त आयोजनामा रत्तदान कार्यक्रम गरिएको हो । जिल्लामा रगतको अभाव भएपछि रत्तदान कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए । नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा नुवाकोट र नमस्ते क्याट्रिङको प्राविधिक तथा आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

प्रतिक्रिया