संगम दौड प्रतियोगिता सम्पन्न, उपाधि सुजन राई र योगिता तामाङ पोल्टामा
विदुर खबर
२०७६ कार्तिक २७ गते १८:४१

नुवाकोट । नुवाकोटको बट्टारमा आयोजित संगम दौड प्रतियोगिताको उपाधि सुजन राई र योगिता तामाङले हात पारेका छन ।
संगम बचत तथा क्रृण सहकारी लिमिटेडले १५ औ वार्षिक साधारण सभाको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको उपाधि छात्रातर्फको उपाधि च्वाडी उच्च माविकी योगिता तामाङले हात पारिन भने छात्रतर्फको उपाधि भिमसेन माविका सुजन राईले हात पारेका हुन ।
त्यस्तै छात्रातर्फ दोस्रो स्थान अर्किडकी एलिना श्रेष्ठ र तेस्रो स्थान भैरवी एकेडेमीकी रजनी कुमालले हात पारिन । यस्तै छात्रतर्फ त्रिभुवन त्रिशुली उच्च माविका दिपक घलेले दोस्रो स्थान हात पार्दा त्रिशुली उच्चा माविकै तामाङले तेस्रो स्थान हात पारेका थिए । प्रतियोगितामा विजेताहरुलाई ३० गते साधारणसभाको अवसरमा सम्मान गरिने सहकारीले जनाएको छ । प्रतियोगितामा ६० जनाभन्दा बढी विद्यार्तीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया