नुवाकोटमा प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ कार्तिक २७ गते १८:१४

नुवाकोट । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नुवाकोट प्रहरीले जिल्लाका विभिन्न विद्यालयका विदार्थीहरुलाई बुधवार जिल्ला प्रहरी कार्यालयको स्थलगत भ्रमण तथा अवलोकन गराई प्रहरीको काम,कारबाही तथा सेवा सम्बन्धी जानकारी गराएको छ ।

Advertisement

कार्यक्रममा बिदुर नगरपालिका वडा नम्बर २ बिदुरको दिव्यरत्न स्कुलका ४० जना विद्यार्थीहरु सहभागी भएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठले बिद्यार्थीहरुलाई साईबर क्राईम सम्बन्धी जनचेतनामुलक भिडियो देखाउनुको साथै लागु औषध दुरुपरोग, यसका असर तथा लागु औषध बिरुद्दको कानुनी प्रावधानहरु सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया