लिखुमा सुविधा सामुदायिक स्वास्थ्य इकाइको स्थापना

विदुर खबर २०७६ कार्तिक २७ गते १३:५३

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ मा सुविधा सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिएको छ ।

Advertisement

बुधबार एक कार्यक्रमको आयोजना गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ र वडा नम्बर ६ का वडाअध्यक्ष हरिशरण लामिछानेले स्वास्थ्य इकाईको संयुत्त रुपमा उद्घाटन गरेका छन । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले मानिसको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गाउँपालिकाले बजेट जिनियोजन गर्न कन्जुस्याइँ नगर्न बताए । त्यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष हरिशरण लामिछानेले सामुदायिक स्वास्थ्य ईकाइ निर्माणमा जग्गादातको महत्वपुर्ण योगदान रहेको बताए ।

सामुदायिक स्वास्थ्य इकाइको निर्माणका भगवती पाण्डे तथा कल्याणभक्त पाण्डेलले लाखौ रुपैयाँ बरारबको जग्गा दान गरेका थिए । कार्यक्रममा जग्गदाता स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डेले गाउँको बिचमा रहेको यस स्वास्थ्य कार्यलयलाई गाउँकै बर्थीङ सेन्टरको रुपमा रुपान्तरण गरि अगाडि बढ्न सबैसँग आग्रह गरे । कार्यक्रममा नेपालस कांग्रेस लिखुका नेता विनोद पाठक, स्थानीय शिक्षक,विद्यार्थी तथा राजनीति कर्मीहरुको उपस्थिति रहेको थियो।

Advertisement

प्रतिक्रिया