काभ्रेमा बस दुर्घटना,केही गम्भीर घाइते

विदुर खबर २०७६ कार्तिक २५ गते १७:३२

काभ्रेमा । काभ्रेमा  बस दुर्घटना भएको छ। बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस दुर्घटना भएको हो। नमोबुद्ध नगरपालिका वडा नम्वर २ स्थित सडकमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए।

Advertisement

बसमा सवार २० जना यात्रु घाइते भएका छन्। ‘हामीले सबै यात्रुको उद्धार गरिसकेका छौं। केही गम्भीर घाइते भएका छन्,’ एसपी सापकोटाले भने। बस सडकबाट करिब सय मिटर तल खसेको थियो।

प्रतिक्रिया