ठगी आरोप लागेका सुदुरपश्चिमका राज्यमन्त्रीले दिए राजीनामा

विदुर खबर २०७६ कार्तिक २४ गते १४:४४

नुवाकोट ।  सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

Advertisement

मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा दिएका हुन्। आर्थिक अनियमितता आरोपमा रावलविरूद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दर्ता भएको छ। उनीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन सुरू गरेको छ।

मुख्यमन्त्री भट्टले राज्यमन्त्रीले दिएको राजीनामाबारे केहीबेरमा मुख्यमन्त्री कार्यालयबाट जानकारी दिइने  बताए।रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा क्षेत्र (क) बाट २०७४ सालमा भएको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनीविरूद्ध जनज्योति एजुकेशनल फाउन्डेशनको सेयर रकम करिब १६ करोड रूपैयाँ ठगी गरेको आरोप छ।

Advertisement

प्रतिक्रिया