सचिवालयका कर्मचारी र सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्रिको निर्देशन

विदुर खबर २०७६ कार्तिक २३ गते १५:४१

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन्।

Advertisement

सरकारको काम कारवाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हिजो सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन भनेका हुन्। प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार राजेश बज्राचार्य सचिवालयमा अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने र बाँकी सबैलाई राजीनामा दिन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्। पछिल्लो समय किड्नी डायलसिस गरेर आएपछि प्रधानमन्त्री ओली सक्रिय देखिएका छन्।

उनले सचिवालयमा कार्यरतलाई राजीनामा दिनु भन्नुको राजनीतिक अर्थ मन्त्रिपरिषदमा हेरफेर हुँदैछ भन्ने पनि हो।प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीको काममाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले चर्को आलोचना गर्दै आएका छन्। प्रधानमन्त्री ओलीका सल्लाहकार तथा सचिवालयमा कार्यरत कर्मचारीले पार्टीकै नेता कार्यकर्तालाई प्रधानमन्त्रीसँग भेट गर्न नगराएको भन्दै पार्टीभित्रै आलोचना हुँदै आएको थियो।

Advertisement

प्रतिक्रिया