नुवाकोटको देविघाट र वेत्रावतिमा एकादशी मेला भर्न भत्तजनहरुको भीड

विदुर खबर २०७६ कार्तिक २२ गते ९:०६

नुवाकोट । नुवाकोटको विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ ।

Advertisement

जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० वत्रावति र वडा नम्बर ५ देविघाट र किस्पाङ गाउँपालिकाको फिकुरी लगायतका विभिन्न स्थानमा मेला भर्न भत्तजनहरुको मेला भर्न विहानैदेखि भिड लागेको छ ।

बिहानदेखि देविघाट, वेत्रावति र किस्पाङको फिकुरीमा स्नान गर्न आउने भक्तजनको भीड लागेको छ । हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।

Advertisement

प्रतिक्रिया