सानिमा बैंक किस्पाङ शाखाद्धारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विदुर खबर २०७६ कार्तिक २१ गते १२:२५

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको सानिमा बैक किस्पाङ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व बहन अन्तरगत दुई जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।

Advertisement

बैंकले बुधवार एक कार्यक्रमको आयोजना गर्दे विद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराएको हो । छात्रबृत्ति पाउने विद्यार्थीहरुमा ऐसेलुभूमे माध्यामिक विद्यालयका कक्षा ११ का विद्यार्थीहरु सञ्जु तामाङ र रामशरण विश्वकर्मा रहेका छन । उनीहरुलाई जनही ३७ हजार ५०० रुपैयाँ उपलब्ध दिएको सानिमा बैंक किस्पाङ शाखाका प्रमुख प्रसन्न सेढाईले बताए । बैंकले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गर्दे आइरहेको छ । विद्यार्थीर्लाइ छात्रृबृत्तिले अध्ययनमा सहयोग र पढाई प्रतिको मनोबल बृद्धि हुने गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

किस्पाङ गाउँपालिकामा २०७५ साल जेठ २५ गतेदेखि सानिमा बैंकले शाखा संचालन गरेको थियो । बैकले डेढडवर्षको अवधिमा २ हजार ५ सयभन्दा बढी लाई बैकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ । कार्यक्रममा वडा नं. ३ कहुलेका वडाअध्यक्ष अमृतबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया