सानिमा बैंक किस्पाङ शाखाद्धारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको सानिमा बैक किस्पाङ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व बहन अन्तरगत दुई जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
बैंकले बुधवार एक कार्यक्रमको आयोजना गर्दे विद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराएको हो । छात्रबृत्ति पाउने विद्यार्थीहरुमा ऐसेलुभूमे माध्यामिक विद्यालयका कक्षा ११ का विद्यार्थीहरु सञ्जु तामाङ र रामशरण विश्वकर्मा रहेका छन । उनीहरुलाई जनही ३७ हजार ५०० रुपैयाँ उपलब्ध दिएको सानिमा बैंक किस्पाङ शाखाका प्रमुख प्रसन्न सेढाईले बताए । बैंकले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गर्दे आइरहेको छ । विद्यार्थीर्लाइ छात्रृबृत्तिले अध्ययनमा सहयोग र पढाई प्रतिको मनोबल बृद्धि हुने गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए ।
किस्पाङ गाउँपालिकामा २०७५ साल जेठ २५ गतेदेखि सानिमा बैंकले शाखा संचालन गरेको थियो । बैकले डेढडवर्षको अवधिमा २ हजार ५ सयभन्दा बढी लाई बैकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ । कार्यक्रममा वडा नं. ३ कहुलेका वडाअध्यक्ष अमृतबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया