पर्यटन प्रर्बद्धनको लागि नुवाकोटको बेत्रावतिमा चित्रकला कार्यशाला हुने

विदुर खबर २०७६ कार्तिक २१ गते १२:०१

नुवाकोट । नेपाल भ्रमण वर्ष सन २०२० लाई लक्षित गरेर नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतिमा चित्रकला कार्यशाला हुने भएको छ ।

Advertisement

दुई दिन हुने कार्यशालामा देशभरका विभिन्न १५ कलाकारहरुले सहभागि जनाउने भएका छन । शुक्रबार एकादशीको दिन पारेर कार्यशाला आयोजना गरिन लागेको हो । कार्यशालामा बनाईका चित्रहरु काठमाण्डौमा केहि महिनापछि प्रर्दशन गरिने आयोजकले जनाएको छ । कार्यशालामा जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृति तथा पर्यटकिय क्षेत्रहरुलाई समेटेर चित्र बनाइने छ ।

प्रतिक्रिया