भारतीय नक्साको विरोधमा विप्लवले गरे आन्दोलनको घोषणा, मोदीको पुत्लादहन गर्दै

विदुर खबर २०७६ कार्तिक २० गते २०:३२

नुवाकोट । भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले कडा विरोध गरेको छ ।

Advertisement

महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर नयाँ नक्सा खारेज गर्न भारतसँग माग गरेका छन् । विप्लव समूहले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।सरकारले प्रतिबन्ध लगाएको र भूमिगतरुपमा सक्रिय विप्लव समूहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने, भारतीय दुताबासमा ज्ञापन पत्र बुझाउने र राष्ट्र संघको कार्यालयमा विरोध पत्र दिने कार्यक्रम सार्वजनिक गरेको छ । विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ ।’

Advertisement

यस्तो छ नेकपाले सार्वजनिक गरेको विज्ञप्ती

Advertisement

प्रतिक्रिया