नुवाकोटका तीनहजार भुकम्पपिडित सम्पर्क वाहिर
नुवाकोट । नुवाकोटका तीनहजार भुकम्प पिडित सरकारी सम्पर्क वाहिर रहेका छन ।
भूकम्पको कारण घरको क्षति भएर लाभग्राही सूचीमा परेका साढे तीन हजार लाभग्राही सरकारी सम्पर्कबाट वाहिर रहेका हुन । २०७२ साल बैशाख १२ को विनासकारी भूकम्पको कारण घरमा क्षति बेहोरेका पीडितलाई सरकारले लाभग्राही सूचीमा समावेश गरेर नयाँ घर बनाउनको लागी तीन लाख रुपैयाँ दिने जनाएपनि नुवाकोटका ३ हजार ७ सय ५८ लाभग्राही सम्पकमा नै नआएको जिल्ला आयोजना कार्यान्वय इकाई नुवाकोटले जानकारी दिएको छ ।
भूकम्प पीडित लाभग्राही सूचीमा परेका धनीले स्थानीय सरकार समक्ष तोकिएको मापदण्ड अनुसार घर निर्माण सम्झौता गरेपछि उनीहरुलाई पहिलो किस्ता बापतको पचास हजार रुपैयाँ दिने भएपनि तीनहजार लाभग्राही सम्झौता गर्न एंव रकम लिन नै नआएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका सूचना अधिकारी बिशाल सापकोटाले बताए ।
नुवाकोटमा ७६ हजार ८ सय ९ घरधुरी लाभग्राही भएपनि अहिलेसम्म ७३ हजार ५१ परिवारले मात्र नयाँ घर निर्माणको लागी सम्झौता गरेर पहिलो किस्ता बापतको सरकारी अनुदान लिएका उनले जानकारी दिए । भुकम्प गएको चार वर्ष बितिसक्दा समेत नुवाकोटमा पुननिर्माणले कार्य सन्तोषजनक रुपमा अगाडी बढ्न नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया