नुवाकोटका तीनहजार भुकम्पपिडित सम्पर्क वाहिर

विदुर खबर २०७६ कार्तिक २० गते २०:२२

नुवाकोट । नुवाकोटका तीनहजार भुकम्प पिडित सरकारी सम्पर्क वाहिर रहेका छन ।

Advertisement

भूकम्पको कारण घरको क्षति भएर लाभग्राही सूचीमा परेका साढे तीन हजार लाभग्राही सरकारी सम्पर्कबाट वाहिर रहेका हुन । २०७२ साल बैशाख १२ को विनासकारी भूकम्पको कारण घरमा क्षति बेहोरेका पीडितलाई सरकारले लाभग्राही सूचीमा समावेश गरेर नयाँ घर बनाउनको लागी तीन लाख रुपैयाँ दिने जनाएपनि नुवाकोटका ३ हजार ७ सय ५८ लाभग्राही सम्पकमा नै नआएको जिल्ला आयोजना कार्यान्वय इकाई नुवाकोटले जानकारी दिएको छ ।

भूकम्प पीडित लाभग्राही सूचीमा परेका धनीले स्थानीय सरकार समक्ष तोकिएको मापदण्ड अनुसार घर निर्माण सम्झौता गरेपछि उनीहरुलाई पहिलो किस्ता बापतको पचास हजार रुपैयाँ दिने भएपनि तीनहजार लाभग्राही सम्झौता गर्न एंव रकम लिन नै नआएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका सूचना अधिकारी बिशाल सापकोटाले बताए ।

Advertisement

नुवाकोटमा ७६ हजार ८ सय ९ घरधुरी लाभग्राही भएपनि अहिलेसम्म ७३ हजार ५१ परिवारले मात्र नयाँ घर निर्माणको लागी सम्झौता गरेर पहिलो किस्ता बापतको सरकारी अनुदान लिएका उनले जानकारी दिए । भुकम्प गएको चार वर्ष बितिसक्दा समेत नुवाकोटमा पुननिर्माणले कार्य सन्तोषजनक रुपमा अगाडी बढ्न नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन ।

प्रतिक्रिया