दार्चुलामा जीप दुर्घटना, १२ जना घाइते
दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका-६, चौतलीचौरमा बुधबार बिहान जीप दुर्घटना भएको हो।
लेकम गाउँपालिकाको रिठाचौपातामा पर्ने लटिनाथ मन्दिरमा लागेको जयपुरमा मेलाको अवलोकन गरी घर फर्किने यात्रु बोकेको से१ज ११३१ नम्बरको जिप दुर्घटनामा परेको मालिकार्जुन प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए। खड्काका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था सामान्य छ। शैल्यशिखर नगरपालिकाको पनेबाजबाट गोकुलेश्वरतर्फ गइरहेको जीप केही यात्रा सुरु गरेको केही समयमा नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिप दुर्घटनामा परि मालिकार्जुन गाउँपालिका-२ भगवतीकी २० वर्षीया कलसी धामी र वडा नम्बर ३ बसेडीकी ३० वर्षीया कमला देवी धामीको टाउकोमा चोट लागेको छ। मालिकार्जुन गाउँपालिका-२ का १८ वर्षीय हरिश सिंह धामी, १९ वर्षीय नरेश सिंह धामी, १८ वर्षीय रमेश सिंह धामी, २६ वर्षीया तुलसी धामी, २० वर्षीय खेम सिंह धामी, १८ वर्षीय पुष्कर सिंह धामी, ३० वर्षीय दान सिंह धामी, २० वर्षीय लोकेश सिंह धामी र मालिकार्जुन गाउँपालिका-३ का १७ वर्षीया मिना धामी तथा ४६ वर्षीय पदम सिंह धामी सामान्य घाइते भएका खड्काले जानकारी दिए। जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया