ककनी गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान

विदुर खबर २०७६ कार्तिक १९ गते २०:४९

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

Advertisement

विसं २०७५ चैत्र मसान्तसम्म ९० वर्ष उमेर पार गर्नुभएका वडा नम्बर १, २ र ३ का १० जना जेष्ठ नागरिकलाई मंगलबार उनीहरुको घरमा नै पुगि सम्मान गरिएको हो । सम्मानित हुने जेष्ठ नागरिकलाई २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताए ।

यस्तै गाउँपालिकाले सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत रहेर स्वास्थ्य सस्थामा सुत्केरी हुनेलाई लाई ३ हजार रुपैयाँ र १५ सय रुपैयाँ बरावरको पोषणयुक्त खाना उपलव्ध गराउन थालेको  छ । आज वडा नम्बर ३ को ३ जना सुत्केरीलाई गाउँपालिकाले उपलव्ध गराउने सुविधा उपलव्ध गराएको गाउँपालिकाका उपाध्यक्ष सीता लामा खतिवडाले जानकारी दिइन ।  सुनौलो हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै श्रावणदेखि यो कार्यक्रम सुरु भएको उपाध्यक्ष खतिवडाले बताइन ।

Advertisement

प्रतिक्रिया