बहानाबाजी नगरी विदुरमा जसरी पनि पानी ल्याउनुस : मेयर पण्डित

विदुर खबर २०७६ कार्तिक १८ गते १५:३८

विदुर । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले विदुर जसरी पनि तिन महिनाभित्रमा साना सहरी खानेपानी आयोजनाको पार्नीै झर्नु पर्ने बताएका छन ।

Advertisement

सोमबार जिल्ला प्रशासन कार्यालयमा साना सहरी खानेपानी आयोजनाले आयोजना गरेको सहजीकरण बैठकमा मेयर पण्डितले आयोजना नगरपालिको वर्तमान र भविष्यसँग जोडिएको भन्दै बहानाबाजी गरेर सुख नपाउने बताए ।

मेयर पण्डितले लगातार दुईपटक म्याद थपिए पनि आयोजनाले विभिन्न पक्षलाई देखाएर फेरि म्याद थप्न खाजेको बताए । आयोजनाले केही व्यक्तिलाई अवरोध देखाएको भन्दे मेयर पण्डितले आफुहरुले जनप्रतिनिधिको हैसियतले आयोजनालाई हदैसम्मको सहयोग गरेकोले अबका दिनमा बहानाबाजी नचल्ने र आयोजनाले काम देखाउनुपर्ने बताए ।

Advertisement

 

प्रतिक्रिया