नुवाकोटमा एक महिनामा २ हजार सवारीसाधन कारवाहीमा,१६ लाख राजश्व संकलन

विदुर खबर २०७६ कार्तिक १८ गते ९:५५
फाईल फोटो ।

   फाईल फोटो ।

नुवाकोट । नेपालीहरुको महान पर्वहरु बडादशै देखि तिहारहुँदै छठसम्मको अबधिमा नुवाकोटमा दुई हजार भन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् भने दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटको अनुसार दशैको फुलपातीदेखि अहिलेसम्मको अवधिमा दुई हजार सवारी साधन कारबाही गर्दै १६ लाख ९६ हजार रुपैया राजश्व संकलन भएको छ । पर्व लक्षित सचेतना कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गरिएको छड्के चेकजाँचका क्रममा क्षमताभन्दा बढी यात्रु बोकेको, मादक पदार्थ सेवन गरेर गाडी चलाएको, चालक अनुमति पत्र नभई गाडी चलाएको लगायतका कैफियतमा ५ सय २२ वटा ट्रक, ३ सय ७८ वटा जीप तथा कार, २ सय ९ वटा मोटरसाईकल, १ सय ५३ वटा बस, ४५ वटा ट्रयाक्टर र यात्रुसंग बढी भाँडा असुल्ने ७ वटा बसलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया