विद्युत महसुल हेरफेर गर्ने प्राधिकरणको तयारी

विदुर खबर २०७६ कार्तिक १७ गते १८:११

नुवाकोट । नेपाल विद्युत प्राधिकरण संचालक समितिले विद्युत महशुल हेरफेर गर्ने सम्बन्धी प्रस्ताव विद्युत नियमन आयोगमा लैजाने निर्णय गरेको छ।

Advertisement

संचालक समितिको शनिबार र आइतबार बसेको बैठकले विद्युत महसुल संशोधन गर्न प्रस्ताव गर्ने विषयमा छलफल गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।  ‘यो विषयमा हिजो (शनिबार) बसेको संचालक समितिको बैठकमा छलफल भएको थियो। तर निर्णयमा हस्ताक्षर हुन भने अझै बाँकी छ। आज पनि संचालक समितिको बैठक डाकिएको छ र यसै विषयमा थप छलफल हुने भनिएको छ,’ प्रवक्ता अधिकारीले भने।

अधिकारीले संचालक समितिमा औद्योगिक महसुल र डेडिकेटेड महसुलको विषयमा मात्रै छलफल भएको नभई सबै खालका विद्युत महशुल दरहरु हेरफेर गर्नका लागि छलफल भएको पनि स्पष्ट पारे।‘बढी चाँसो र चर्चामा आएको डेडिकेटेड र ट्रंकलाईन महसुल भएका कारण यो विषय प्राथमिकतामा त अवश्य छ नै। तर सबैखाले महशुलका दर हेरफेर गर्ने विषयमा छलफल भएको हो,’ उनले भने।

Advertisement

प्रवक्ता अधिकारीका अनुसार डेडिकेटेड र ट्रंकलाइनमा सामान्य विद्युत महसुलभन्दा १५ प्रतिशत बढी हुनेगरी विद्युत महसुल राख्ने प्रस्ताव गरिएको छ।प्राधिकरण संचालक समितिले प्रस्ताव गरेको यो विषयमा अन्तिम निर्णय भने विद्युत नियमन आयोगले गर्नेछ।

Advertisement

प्रतिक्रिया