देउराली प्रहरी चौकी निर्माणको लागि तामाङ दाजुभाईले गरे एक रोपनी जग्गादान

विदुर खबर २०७६ कार्तिक १७ गते १६:१२

नुवाकोट । नुवाकोटको देउरालीमा प्रहरी चौकी निर्माणको लागि एक दाजुभाईले एक रोपनी जग्गा दान गरेका छन ।

Advertisement

जग्गा दान गर्नेमा म्यागङ गाउँपालिका वडा नम्बर ३ का सर्बेजित तामाङ र उनका भाई रामकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुले आइृतबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पुगेर प्रहरी उपरिक्षक अबिनारायण काफ्लेलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया