जुवाखालबाट प्रधानमन्त्रीका सुरक्षा अधिकृत पक्राउ
विदुर खबर
२०७६ कार्तिक १६ गते ७:५५

काठमाडौं । जुवाखालबाट प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत(एडिसी) पक्राउ परेका छन्।
नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई टोखा प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसर टेकुले सो जुवाखालबाट शाहीसँगै अन्य ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही,किरणजंग शाह, निरज राणा र जितबहादुर गुरुङ रहेका छन्। प्रहरीले उनीहरूलाई सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद भएको छ ।
सम्बन्धित
प्रतिक्रिया